पौडी खेल्दा डुबेर भारतीय किशोर बेपत्ता

तानसेन। तिनाउ खोलामा डुबेर भारतीय किशोर बिहीबारदेखि बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका वडा न.–३, ड्यामसाइडमा पौडी खेल्न गएका भारतको महाराजगन्ज नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार आफ्ना दाजुभाई र साथीसहित पाँच जना बुटवल घुम्न आएकोमा पौडी खेल्ने क्रममा डुबेपछि उनी बेपत्ता भएका हुन् ।

बेपत्ताका आफन्त, प्रहरी र स्थानीयले खोजी गरिरहेको पाल्पा प्रहरीका प्रवक्ता सुनिल मल्लले जानकारी दिए । बेपोत्ता किशाेरकाे हिजैदेखि खाेजीकार्य जारी छ । खोलामा पानी धमिलो भएका कारण खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया