पाल्पामा जबरजस्ती करणी गरेको आराेपमा ६२ वर्षीय पुरुष पक्राउ

तानसेन। पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा तानसेन नगरपालिका–१०, तेल्घा क्षेत्रीटोलका ६२ वर्षीय ताराबहादुर कार्की पक्राउ परेका छन्। २०८० पुस २० गते स्थानीय २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

२०८० पुस २२ गते पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दरखास्त दिएकोमा कार्कीको खोजतलास गर्ने क्रममा असार २२ गते उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्कीलाई तानसेन नगरपालिका–४, लहरेपिपल क्षेत्रबाट पक्राउ गरी अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिदएको डीएसपी मल्लले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer