तानसेन। नेपाली कम्युनिष्ट पार्टी पाल्पाद्वारा आयोजना गरिएको एकता सन्देशसभा मंगलबार तानसेनमा हुने भएको छ । केन्द्रीय सतरका नेतासहित जिल्लाका दशैं स्थानीय तहबाट कार्यकर्ता सहभागी भएर तानसेन बजार परिक्रमासहित सन्देशसभा हुने भएको हो।
मंगलबार टुडिखेलबाट र्यालीको सुरुवात गरी बजार परिक्रमा गर्दै पुनः टुडिखेलमै सभामा परिणत हुने कार्यक्रम सार्वजनिक गरिएको नेकपा पाल्पाले जनाएको छ ।
र्यालीपछि हुने एकता सन्देशसभामा वर्तमान राजनीतिक परिस्थिति, पार्टीभित्रको एकता र संगठन विस्तारका विषयमा नेताहरुले धारणा राख्नेछन् ।
एकता सन्देश सभालाई सम्बोधन गर्न पार्टीका केन्द्रीय नेता प्रकाश ज्वाला, ओनसरी घर्ती, सोम प्रसाद पाण्डेसहितका अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तए भएको सो पार्टीले जनाएको छ ।





















