तानसेन। राष्ट्रिय जनमोर्चा पाल्पाले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वार सिफरिस गरेको छ। उक्त पार्टीले पाल्पाको दुई निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको हो। जिल्ला अध्यक्ष बिशाल दर्लामीका अनुसार क्षेत्र नं. १ र २ मा तीन/तीन जनाको नाम सिफरिस भएको छ।
जसअनुसार क्षेत्र नं. १ मा नरमती सिंजाली, मान बहादुर बयम्बु र पदम पौडेलको नाम सिफरिस भएको छ। यस्तै क्षेत्र नं. २ मा जिल्ला अध्यक्ष विशाल दर्लामीसहित टिकाराम पौडेल र कमल थापाको नाम सफिरिस भएको जनमाेर्चा पाल्पाले जनाएको छ ।

