केही क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने

काठमाडाैं। अहिले कोशी प्रदेशका केही स्थानहरू तथा बागमती प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाे पछिल्लाे जानकारी अनुसार यो मौसमी प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको छ। प्रणाली पूर्वी क्षेत्रमा थप सक्रिय हुने सम्भावना रहेकोले त्यहाँ पनि मेघगर्जन, चट्याङ तथा वर्षा हुने अनुमान गरिएको छ। यस्तै अन्य प्देशका पनि केही स्थानमा हल्का वर्षार्ककाे सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। खुला स्थानमा बस्दा, चट्याङबाट बच्न तथा हावाहुरीका बेला सुरक्षित स्थानमा बस्न विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको