पाल्पामा टिपर दुर्घटना: मृत्यु हुनेको संख्या चार पुग्यो 
तानसेन। पाल्पामा टिपर दुर्घटना हुदा मृत्यु हुनेको संख्या चार पुगेको छ। सनिवार बेलुका माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन  नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएसङ्गौ मृतकको संख्या चार पुगेको हो।
दुर्घटनामा परि सितगङ्गा ४ सिधारा, अर्घाखाँचीका चालक २६ वर्षीय  चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको सनिवार बेलुका नै मृत्यु भएको प्रहरीले जनाएको छ।
सनिवार  बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर अचानक ब्रेक फेल भई दुर्घटनामा परेको हो। टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए। घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो ।
उपचारका क्रममा तीन जना पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । चिदीलाई भने थप उपचारका लागि भैरहवा मेडिकलमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको