भुवनपोखरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
तानसेन। पाल्पामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा भएको  ट्याक्टर दुर्घटना परी रैनादेवी छहरा–४, अमलाबासका विशाल रानाको मृत्युको भएको प्रहरीले जनाएको छ।
भुवनपोखरीको झिरवासबाट सामान छाडेर छहरातर्फ आउँदै गरेको लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक अमलाबासकै चन्द्र बहादुर बगाले सामान्य घाइते भएका छन् । दुर्घटनाको कारण  भने  अहिलेसम्म खुल्न सकेको छैन । मृतक राना सोही ट्याक्टरमा सवार रहेको बुझिएको छ । सोमबार बेलुका भएको दुर्घटनाको पूरा विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको