तानसेन । डिभिजन वन कार्यालय पाल्पाले “कबुलियती वन आयआर्जन सुधार, सिकाइ र आगामी कार्यदिशा” विषयमा पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ। पछिल्लो समय देखिएको मावन वन्यजन्तुको द्धन्द्ध व्यवस्थापन गरी वनबाट हुँदै आएका गतिविधि तथा आगामी दिनमा गर्न सकिने क्रियाकलापका विषयमा अन्तरक्रिया गरिएको हो।
कार्यक्रम डिभिजन वन कार्यालय पाल्पाका प्रमुख सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले कार्यक्रमले हैसियत बिग्रिएका वनको पुनर्स्थापना गर्नुका साथै गरिब समुदायको आर्थिक अवस्था सुधारेको बताए । उनले अम्रिसो किवी, तेजपात जस्ता बनस्पती र फलफूल रोपणबाट स्थानीयले राम्रो आम्दानी गर्न सफल भएको बताए ।
उनले हाल जिल्लामा २०५ वटा कबुलियती वन समूहमार्फत १ हजार ६६८ हेक्टर क्षेत्रफल व्यवस्थापन भई २ हजार २२३ घरधुरी लाभान्वित भएको बताए । विगत पाँच वर्षमा २३ लाख अम्रिसोका बिरुवा रोपणबाट ७ करोड ६ लाख रुपैयाँ बराबरको आम्दानी भएको उनले बताए ।
उनले चालु आर्थिक वर्षमा ४७ वटा कबुलियति वनको एक सय ५६ हेक्टर क्षेत्रफलमा गोडमेलको कार्यक्रम गरिएको उल्ले गरे । यस्तै यो वर्षका लागि वृक्षारोपण गर्न चाहने किसान तथा स्थानीयलाई पाँच सय वटा बिरुवा रोपाण गरेका निः शुल्क ढुवानीको व्यवस्थापन कार्यालयबाट हुने जनकारी दिए ।
यस्तै वन क्षेत्र मात्र नभएर पर्यापर्यटनसंग पनि कवुलियति वनलाई जोडेर आयस्राेत वृद्धिका लागि विभिन्न पूर्वाधार निर्माणका कामहरु पनि कार्यालयले गर्दै आएको प्रमुख श्रेष्ठले बताए ।
वरिष्ठ वन अधिकृत खिलबहादुर तामाङले अम्रिसोसँगै किवी, केरा, तेजपात, टिमुर, र अलैँची खेती विस्तार गरिएको बताए । नागरिकको समभागितामा सुरु भएका योजनाहरु सफल भएर मनग्य आम्दानी समेत गर्न सपल भएको बताउँदै उनलले स्थानीय समूहको बचत र सहकारीमार्फत करोडौँको वित्तीय कारोबार भई स्थानीय अर्थतन्त्र बलियो बनेको उल्लेख गरे ।
अन्तरक्रियामा पत्रकारहरुले उत्पादित कच्चा पदार्थबाट विविधिरण गरी थप आर्यआर्जनका कार्यहरु गर्नका सुझाव दिएका थिए । आगामी दिनमा अम्रिसोको दिगो उत्पादन, कुचो उद्योग स्थापना र वित्तीय पारदर्शितामा जोड दिइने कार्यालयले जनाएको छ।




