पाल्पामा ९३ प्रतिशत रोपाइँ सम्पन्न

तानसेन। पाल्पाका किसानले यस वर्षको वर्षे धान रोपाइँ सम्पन्न गरेका छन् । पछिल्लो समय दैनिक जसो पानि परेको र मलको अभाव नभएपछि ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । १५ असारमा एक तिहाई क्षेत्रफलमा मात्र रोपाइँ गरेका किसानले पछिल्लो समय दैनिक जसो पानी परेपछि धमाधम रोपाइँ गरेका हुन् ।

पहाडी जिल्ला पाल्पामा ५३ हजार चार सय ५४ हेक्टर खेतीयोग्य जमिनमध्ये सात हजार दुई सय ८७ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुन्छ । पर्याप्त सिँचाई सुविधा नभएका कारण आकासे पानीकै भरमा रोपाइँ गर्ने किसानहरु धेरै छन् ।

कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार जिल्लाकै अन्नभण्डार मानिने माडीफाँटसंगै, कचल अर्गली, पीपलडाँडा, दोभान, रामपुर, झडेवालगयतका फाँटसंगै टारी खेतमा पनि वर्षे धान खेती हुँदै आएको छ ।

पाल्पामा ढिलो पानी परेपनि असारको तेस्रो सातादेखि सुरु भएर साउनको तेस्रो सातामा रोपाइँ सम्पन्न हुने गर्दछ । आकासे पानीको भरमा वर्षे धान लगाउने किसान र मकै लगायतका खेती स्याहार गरेर मात्रै धान लगाउने किसानले ढिलो रोपाइँ गर्ने गरेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको