पाल्पामा १६० थान भन्सार छलीको कपडा बरामद

तानसेन। पाल्पा प्रहरीले सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, पैठेडाँडाबाट भन्सार छली गरी ल्याइएको ८५ हजार ४५० रुपैयाँ बराबरको कपडा बरामद गरेको छ। प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी सहायक निरीक्षकको नेतृत्वको टोलीले रुपन्देहीको बुटवलबाट बागलुङको बेनीतर्फ जाँदै गरेको लु २ ख ६९७६ नम्बरको हाईस गाडी चेकजाँच गर्ने क्रममा उक्त कपडा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार बरामद कपडामा १०९ थान कुर्ती र ५१ थान साडी रहेका छन्।

प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि बरामद सामान भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीमा पठाएको जनाएको छ। यसअघि पनि भन्सार छली गरी ल्याएका सामग्री बरामद भएके पाल्पा प्रहरीले जनाएको छ ।

चाडपर्व नजिकिएसंगै अवैद्य सामग्रीको कारोबार बढ्न थालेपछि चेकजाँचलाई पनि कडाईका साथ अघि बढाइएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको