रिब्दीकोट गाउँपालिकाको लेखापरीक्षण सुरु

पाल्पा । रिब्दीकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण सुरु भएको छ।

महालेखापरीक्षकको कार्यालय, काठमाडौंको आयोजनामा लेखापरीक्षणसम्बन्धी प्रारम्भिक बैठक बिहीबार गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो।

खस्यौलीस्थित गाउँ कार्यपालिकाको कार्यालयमा भएको बैठकमा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, महालेखापरीक्षकको कार्यालयका निर्देशक क्षेत्रबहादुर थापा, लेखापरीक्षणमा संलग्न कर्मचारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, लेखा समितिका पदाधिकारी तथा गाउँपालिकाका कर्मचारीको सहभागिता थियो।

बैठकमा लेखापरीक्षणका क्रममा आवश्यक पर्ने विवरण तथा कागजात उपलब्ध गराउने र आवश्यक समन्वय तथा सहजीकरण गर्ने विषयमा छलफल भएको थियो।

प्रारम्भिक बैठक सम्पन्न भएसँगै गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण कार्य सुरु भएको हो। लेखापरीक्षणका क्रममा आवश्यक परे जनप्रतिनिधि तथा कर्मचारीले आवश्यक सहयोग र सहजीकरण गर्ने जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको