१७ दिनपछि कुशको शव बनाएर राम्दीघाटमा गरियो कार्कीको अन्तिम संस्कार

तानसेन। गत भदौं १० गते भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएकी पाल्पाकी निलम कार्कीको कुशको शव बनाएर अन्तिम सस्कार गरिएको छ । १७ दिनसम्म पनि कुनै पत्ता लाग्न नसकेपछि परिवारका सदस्यले रामनदी धाम राम्दीघाटमा कुशको शव बनाएर अन्त्यष्टी गरेका हुन् ।

लामटाङ् राष्ट्रिय निकुन्जमा वन रक्षकको रूपमा कार्यरत कार्की बाढीपछि सम्पर्कबिहीन भएपछि परिवारका सदस्य र आफन्तले खोजी गर्न सबैतिर हार गुहार गर्दै आएका थिए ।

कार्कीको खोजीका लागि परिवार बाढी जाने स्थललगायतमा पुगेपनि न लास न सास फेला परेको उनीहरुको दुखेसो छ। १७ दिनपछि बाध्य भएर कुशको शव बनाएर अन्तिम सस्कार गरिएको पारिवारका सदस्यले बताएका छन् ।

यसअघि १४ औं दिनमा तानसेन ३ मा  बस्दै आएक तिलक रानाको परिवारले पनि कुशको शव बनाएर अन्त्यष्टी गरेका थिए । भोटेकोशी बाढीमा पाल्पाका ११ जना सम्पर्क विहीन भएकोमा एक जना जीवितै र एक जनाको शव फेला परेको थियो । अन्य ९ जनाको भने हालसम्म कुनै पत्ता लाग्न सकेको छैन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको