तानसेन। पाल्पामा आइतबार दिउासो विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रले ३३ केभी बुटवल–पाल्पा प्रसारण लाइनअन्तर्गतका विभिन्न खण्डमा मर्मतसम्भार तथा आवश्यक काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ।
वितरण केन्द्रका अनुसार आइतबार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पाल्पा फिडर (३३ केभी) बाट विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। बुटवल–पाल्पा लाइनअन्तर्गत बुटवल–बसन्तपुर, बसन्तपुर–झुम्सा र झुम्सा–डुम्रे खण्डमा काम गरिने जनाइएको छ। विद्युत् अवरुद्ध हुँदा झुम्सा, बसन्तपुर, भुतखोला, दोभान क्षेत्र तथा रुप्से सबस्टेसन अन्तर्गतका ग्राहक प्रभावित हुनेछन्।
प्राधिकरणले ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै काम निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार छिट्टै सञ्चालन हुन सक्ने जानकारी दिएको छ। साथै, विद्युत् सेवा पुनः सञ्चालन नहुँदासम्म आवश्यक सावधानी अपनाउन पनि केन्द्रले अनुरोध गरेको छ।
पाल्पाका अघिल्लो साता परेको अविरल वर्षाले विद्युतका पोल ढाल्नेदेखि पहिरो र रुख भाचिने जस्ता कारण पनि विद्युत सेवा नियमित गर्न केही कठिनाइ भएको केन्द्रले जनाएको छ ।
पाल्पामा आइतबार कहाँ कहाँ हुनेछ विद्युत् सेवा अवरुद्ध:







