काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आइतबार २ हजार ९ सय रुपैयाँ घटेको हो ।
घटेको मूल्यानुसार आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला ६० रुपैयाँ घटेको छ ।
शुक्रबार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघको भनाइ छ ।






