एकैदिन १८९ जनामा कोरोना संक्रमण पुष्टि, कपिलवस्तुकै १०९ जना

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पछिल्लो पटक थपिएका संक्रमित मध्ये १०९ जना कपिलवस्तुका छन्।

त्यस्तै सर्लाहीका १७, दैलेखका १४ जना, सिरहाका ११ जना, सप्तरीका ९ जना, धनुषाका ७ जना, रौतहटका ६ जना, दाङका ५ जना, महोत्तरीका ४ जना, पर्साका २ जना, संखुवासभाका २ जना, झापाका १ जना, ललितपुरका १ जना र बारामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer