
काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पछिल्लो पटक थपिएका संक्रमित मध्ये १०९ जना कपिलवस्तुका छन्।
त्यस्तै सर्लाहीका १७, दैलेखका १४ जना, सिरहाका ११ जना, सप्तरीका ९ जना, धनुषाका ७ जना, रौतहटका ६ जना, दाङका ५ जना, महोत्तरीका ४ जना, पर्साका २ जना, संखुवासभाका २ जना, झापाका १ जना, ललितपुरका १ जना र बारामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।