प्रेस युनियनद्वारा १५ विभाग गठन, आचारसंहिता कार्यान्वयन संयोजकमा अर्याल
पाल्पा। नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन् । प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन– २०७९) परिच्छेद ४, धारा २८ बमोजिम नेपाल प्रेस युनियनका १५ वटा विभिन्न विभागहरू गठन गरिएको हो ।
प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.ले अनुशासन विभागको जिम्मेवारी पाएका छन् । त्यसैगरी, उपाध्यक्षहरु नकुल अर्यालले प्रशिक्षण, भीष्मराज ओझाले समन्वय, दिपेन्द्र बान्त...










