प्रेस युनियनद्वारा १५ विभाग गठन, आचारसंहिता कार्यान्वयन संयोजकमा अर्याल

प्रेस युनियनद्वारा १५ विभाग गठन, आचारसंहिता कार्यान्वयन संयोजकमा अर्याल
पाल्पा।  नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन् । प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन– २०७९) परिच्छेद ४, धारा २८ बमोजिम नेपाल प्रेस युनियनका १५ वटा विभिन्न विभागहरू गठन गरिएको हो ।   प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.ले अनुशासन विभागको जिम्मेवारी पाएका छन् । त्यसैगरी, उपाध्यक्षहरु नकुल अर्यालले प्रशिक्षण, भीष्मराज ओझाले समन्वय, दिपेन्द्र बान्त...

२४ घन्टाभित्रै टिकटक बन्द हुन सक्ने

२४ घन्टाभित्रै टिकटक बन्द हुन सक्ने
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसंगै पत्राचार गरेर २४ घण्टाभित्र टिकटक सेवा बन्द गर्ने प्राधिकरणले जनाएको हो । दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । दूरसञ्चार प्राधिकरणले टिकटकलाई समेत पत्राचार गरेको हुँदा २४ घन्टाभित्र सबै सेवा ब्लक हुन सक्ने जनाएको छ ।

टिकटक बन्द गर्ने सरकारको निर्णय

टिकटक बन्द गर्ने सरकारको निर्णय
काठमाडौं ।  सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ने भएपन...

भूकम्प प्रभावित क्षेत्रमा नि:शुल्क टेलिफोन, एसएमएस र ईन्टरनेट सेवा प्रदान गरिने

भूकम्प प्रभावित क्षेत्रमा नि:शुल्क टेलिफोन, एसएमएस र ईन्टरनेट सेवा प्रदान गरिने
पाल्पा। सरकारले भूकम्प प्रभावित क्षेत्रमा नि:शुल्क टेलिफोन SMS र ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबार डाकेको बैठकले यस्तो निर्णय गरेकाे हाे । नेपाल दुरसचार प्राधिकरणमार्फत वितरण हुने सम्पुर्ण सेवा पाँचदिनसम्म जाजरकोट ,पुर्वी रुकुम र पश्चिम रुकुममा नि:शुल्क प्रदान गरिने मन्त्री शर्माले जानकारी दिइन। जाजरकोट र पश्चिम रुकुमकाे अबरुद्ध टेलिफाेन र संचार सेवा सुचारू गर्न संचार मन्त्रालयले आकस्मिक बैठक बाेलाएको थियाे । ग...

समाचारघर साप्ताहिक सार्वजनिक

समाचारघर साप्ताहिक सार्वजनिक
तानसेन। पाल्पाबाट साप्ताहिक पत्रिकाको रुपमा समाचारघर साप्ताहिक पत्रिकाको प्रकाशन सुरु भएको छ । तानसेनमा एक कार्यक्रमका बीच समाचारघर साप्ताहिकको सार्वजनिक गरिएको हो । समाचारघरको वर्ष १३ अंक १ जिल्ला समन्वय समिति पाल्पा उपप्रमुख काशीका गैरेले सार्वजनिक गरिन । उपप्रमुख गैरेले पत्रकारिता क्षेत्रलाई अगाडी लैजान जिल्ला समन्वय समितिले सहकार्य गर्ने बताइन् । पाल्पा आवाज पाक्षिक पत्रिकाका रुपमा प्रकाशन हुँदै आएको पत्रिका किसिम परिर्वतन गरेर समाचारघर साप्ताहिकका रुपमा प्रकाशन भएक...

पत्रकार पचभैंया नगदसहित सम्मानित

पत्रकार पचभैंया नगदसहित सम्मानित
तानसेन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त) पुरस्कारबाट पाल्पाली पत्रकार देव पचभैया सम्मान गरेको छ । फोनिजको स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच पत्रकार पचभैंयालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नगद र सम्मानपत्र प्रदान गरेका हुन् । पुरस्कृत पचभैया श्रीनगर एफएफका स्टेशन म्यानेजर तथा उज्यालोका पाल्पा संवाददाता हुन् । फोनिजले पचभैंयासहित दोलखाका ...

‘नेतृत्व’काे नयाँ अंक सार्वजनिक

‘नेतृत्व’काे नयाँ अंक सार्वजनिक
तानसेन। नेतृत्व मिडियाद्वारा प्रकाशित नेतृत्व वर्ष २६ अंक १–२ संयुक्त अंक शुक्रबार पाल्पाकाे एतिहासिक एवं धार्मिक स्थल भैरवस्थानमा सार्वजनिक गरिएको छ । उक्त अंक सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनालले पत्रिका निरन्तर रुपका प्रकाशन हुनेमा विस्वास गर्नुभयो । उहाँले पत्रिका परिस्कृत र पठनयोग्य प्रकाशन भएको बताए। विशिष्ट अतिथि डा. टंकप्रसाद पन्थ, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पत्रिका निरन्तर प्रकाशन भएकोमा धन्यवााद ज्ञापन...

प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिक

प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिक
तानसेन।  प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा प्रकाशित श्रमजीवी बुलेटीनको अंक सार्जनिकीकरण गरिएको छ । युनियनले बुधबार एक औपचारिक कार्यक्रमकाबिच बुलेटीनको वर्ष १०, अंक १ को सार्वजनिकीकरण गरेको हो । युनियनले विगत १० वर्षदेखि बुलेटीनलाई निरन्तरता दिदै आएको छ । युनियनको नवौं अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले बुलेटीनको पहिलो अंक सार्वजनिकीकरण गरेको हो ।   बुलेटीनको नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरे, प्रे...

चौतारीमा आवद्ध आठ पत्रकार पुरस्कृत

चौतारीमा आवद्ध आठ पत्रकार पुरस्कृत
तानसेन । प्रेस चौतारी नेपाल पाल्पा शाखाले संस्थामा आवद्ध रहेका ८ जना कृयाशिल पत्रकार पुरस्कृत भएका छन् । तानसेनमा आयोजित एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो । उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज प्रदिप आचार्य, जिल्ला अध्यक्ष कृष्ण कार्कीलगायतले नगदसहित सम्मान र दोसल्ला ओढाई पुरस्कृत गरेका हुन्। पुरस्कृत हुनेहरुमा भद्रबहादुर स्मृति क...

स्थापना दिवसकाे अवसरमा असहायलाई एक छाक भोजनदान

स्थापना दिवसकाे अवसरमा असहायलाई एक छाक भोजनदान
तानसेन।  प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ ।  शनिवार युनियनको ३२ औं स्थापना दिवस मनाउन युनियनमा आवद्ध पत्रकारले  निलसागरका  असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिलाई एक छाक भोजन गराएको हाे उक्त  आश्रममा रहेका २२ जना असहाय, बेसहारा, वृद्धवृद्धाहरुलाई एक छाक भोजन गराएको हो । श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणका लागि २०४८ जेठ १...