
तानसेन। पाल्पाबाट साप्ताहिक पत्रिकाको रुपमा समाचारघर साप्ताहिक पत्रिकाको प्रकाशन सुरु भएको छ । तानसेनमा एक कार्यक्रमका बीच समाचारघर साप्ताहिकको सार्वजनिक गरिएको हो ।
समाचारघरको वर्ष १३ अंक १ जिल्ला समन्वय समिति पाल्पा उपप्रमुख काशीका गैरेले सार्वजनिक गरिन । उपप्रमुख गैरेले पत्रकारिता क्षेत्रलाई अगाडी लैजान जिल्ला समन्वय समितिले सहकार्य गर्ने बताइन् ।
पाल्पा आवाज पाक्षिक पत्रिकाका रुपमा प्रकाशन हुँदै आएको पत्रिका किसिम परिर्वतन गरेर समाचारघर साप्ताहिकका रुपमा प्रकाशन भएको हाे । पत्रिका हरेक मंगलबार प्रकाशित हुने छ ।
पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले पत्रकारिता क्षेत्रमा अन्य पत्रिकाहरु बन्द गर्ने अवस्थामा रहेको भएपनि सकारात्मक र नयाँ उर्जाका साथ समाचारघर साप्ताहिक पत्रिका सुरु गर्नु पत्रकारिता क्षेत्रमा खुसीको कुरा भएको बताए।
पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्यालले पत्रकारिता क्षेत्र पैसा तन्त्रको भक्ति र शक्तिको मुखपत्र बन्न नहुने बताए।
कार्यक्रममा लेखक गोपाल बस्यालले पत्रिकाले समाजमा नभनिएका, नलेखिएका र नसुनिएका विषयवस्तु उठान गर्नुपर्नेमा जोड दिए । पत्रकार दयाराज न्यौपाने, कमलराज तिमिल्सेना र सुदर्शन पाण्डेयको समूहले समाचारघर साप्ताहिक पत्रिका सञ्चालन गरेको हो ।
पत्रिकाका सञ्चालक एंव प्रकाशक दयाराज न्यौपनेका अनुसार पत्रिकालई डिजिलत माध्ययमबाट अनलाईन सस्करणमा पनि निरन्तरता दिइने छ ।
विगतमा पाल्पा आवाज पत्रिका निकाल्दै आएका न्यौपानेले पछिल्लो समय यो पत्रिकामार्फत आफ्नै नेतृत्वमा साप्ताहिक पत्रिका निकाल्न लागेको बताएका छन् ।