
पाल्पा। सरकारले भूकम्प प्रभावित क्षेत्रमा नि:शुल्क टेलिफोन SMS र ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबार डाकेको बैठकले यस्तो निर्णय गरेकाे हाे ।
नेपाल दुरसचार प्राधिकरणमार्फत वितरण हुने सम्पुर्ण सेवा पाँचदिनसम्म जाजरकोट ,पुर्वी रुकुम र पश्चिम रुकुममा नि:शुल्क प्रदान गरिने मन्त्री शर्माले जानकारी दिइन।
जाजरकोट र पश्चिम रुकुमकाे अबरुद्ध टेलिफाेन र संचार सेवा सुचारू गर्न संचार मन्त्रालयले आकस्मिक बैठक बाेलाएको थियाे ।
गए राति जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पबाट त्यस वरपरकाे टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध छ ।
लामाे समयसम्म संचार सेवा विच्छेद हुदा घाइतेहरुकाे उपचार र उद्वारमा समस्या हुदै आएकोले छिटोभन्दा छिटाे टेलिफाेन सेवा मर्मत गरि सुचारु गर्न दुरसचार प्राधिकरणलाई मन्त्री शर्माले निर्देशन गरेकी हुन् ।