
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसंगै पत्राचार गरेर २४ घण्टाभित्र टिकटक सेवा बन्द गर्ने प्राधिकरणले जनाएको हो ।
दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । दूरसञ्चार प्राधिकरणले टिकटकलाई समेत पत्राचार गरेको हुँदा २४ घन्टाभित्र सबै सेवा ब्लक हुन सक्ने जनाएको छ ।