जागरण मिडिया सेन्टरका अध्यक्ष विश्वकर्मा, इञ्जा अग्रज पत्रकारिताबाट सम्मानित
काठमाडौँ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको, इञ्जा अग्रज पत्रकारिताबाट जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकमालाई सम्मान प्रदान गरिएको छ ।
विश्वकमाले २०५६ सालदेखि मिडियामा संलग्न भई दलित अधिकारका मुद्दालाई स्थापित गर्न अतुलनीय योगदान गरेकी थिइन् । विश्वकर्मा हाल जागरण मिडिया सेन्टरका अध्यक्ष समेत हुन् ।
दलित समुदायका अधिकारका मुद्दालाई प्रभावकारी रुपमा उठाएकै कारण संविधानसभाको सदस्यको रुपमा जिम्मेबारी बहन गरेकी थिइन् ।...










