काठमाडौँ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको, इञ्जा अग्रज पत्रकारिताबाट जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकमालाई सम्मान प्रदान गरिएको छ ।
विश्वकमाले २०५६ सालदेखि मिडियामा संलग्न भई दलित अधिकारका मुद्दालाई स्थापित गर्न अतुलनीय योगदान गरेकी थिइन् । विश्वकर्मा हाल जागरण मिडिया सेन्टरका अध्यक्ष समेत हुन् ।
दलित समुदायका अधिकारका मुद्दालाई प्रभावकारी रुपमा उठाएकै कारण संविधानसभाको सदस्यको रुपमा जिम्मेबारी बहन गरेकी थिइन् । इन्जाले काठमाडौंमा बुधबार आयोजित सम्मान कार्यक्रममा कार्यक्रममा सभामुख देवराज घिमिरेले विश्वकर्मालाई सम्मान प्रदान गरेका हुन् । इन्जाले खोजी पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरकर्मी मातृका दाहाल र आईएनएस डट कमकी तारा वाग्लेलाई प्रदान गरिएको छ । उनीहरूसहित विभिन्न पत्रकारले फरक विधामा पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।
इन्जा बौद्धिक पत्रकारिता पुरस्कार जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गरेका छन् भने इन्जा ग्रामीण पत्रकारिता पुरस्कार रेडियो समग्र १०७ सिरहा र सरिता चलाउनेले पाएका छन् । त्यस्तै फोटो पत्रकारिता पुरस्कारबाट नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ पुरस्कृत भएका छन् ।
यसैगरी वरिष्ठ पत्रकारहरू रघु मैनाली‚ किरण वैद्य‚ कुमार यात्रु‚ शंकर भट्टराई, विजया साह र प्रदीप गुरुङलाई सभामुख घिमिरेले इन्जा सम्मान प्रदान गरेका छन् ।
यसअघि इन्जाले फोटोतर्फ नरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठलाई इन्जा फोटो पत्रकारिता पुरस्कार दिने निर्णय गरिसकेको छ । यसैगरी वौद्धिक अनुसन्धानवृत्ती पुरस्कार संचार क्षेत्रमा लामो समयदेखि कार्यरत २ जना पत्रकार जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।
स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार विषयमा विद्यावारिधि गरिरहेका नेपाल र आम सञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट दर्शनार्चाय (एमफील) गरिरहेका छन् ।