
काठमाडौं। नेपाल पत्रकार महासंघले सन् २०२२ मा डिजिटिल प्रविधिको माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढेको बताएको छ ।
शनिबार एक विज्ञप्ति जारी गरी महासंघले डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती देखिएको बताएको हो ।
महासंघको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना भएका छन् । जसमा १३२ जना पुरुष, १८ जना महिला पत्रकार र ६ वटा संञ्चार संस्था प्रभावित भएका छन् ।
हेर्नुहाेस विज्ञप्तिः