तिनाउकाे झुम्सा-दाेभान क्षेत्रमा एकीकृत बस्तीको विकास गर्छाैंः पाण्डेय
पाल्पा।सत्ता गठबन्धन पाल्पा क्षेत्र नं. २ का उम्मेदवारहरुले पाल्पाको तिनाउ गाउँपालिकाको झुम्सादेखि दोभानसम्मको क्षेत्रमा एकीकृत बस्तीको विकास गर्ने बताएका छन् । उनीहरुले आइतबार तिनाउको सत्यवती, दोभानमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै तिनाउ क्षेत्रलाई एकिकृत बस्तीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेले झुम्सादेखि दोभानसम्मको क्षेत्र एकिकृत बस्ती निर्माण गर्न उपुक्त भएकाले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले त्...










