स्थानीय तहको विकास निर्माण दीर्घकालिन हुनुपर्छः ओम घर्ती

तानसेन। नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. २ (२) मा प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्तीमगरले तिनाउ, रिव्दीकोट र रैनादेवीछहारा गाउँपालिकामा जनताको जीवनस्तर सुधार्ने गरी विकासका योजना लिएर आएको बताएका छन् ।

स्थानीय तहको विकास–निर्माणका कार्य गर्दा दीर्घकालीन उपलब्धिलाई जोड दिनुपर्ने उनले बताए । तिनाउ गाउँपालिका वडा नंं ६ मस्याम क्षेत्रमा घरदैलो गर्दै एमाले उम्मेदवार घर्तीले डुम्रे मस्याम धुस्टुङ, बतासे मोटरबाटो, झुम्सा मरेक, सिस्नेखोला, अर्खले पाटन मोटरबाटो निर्माणमा आफ्नो पहल रहने बताए ।

मस्यामका अपुरा खानेपानी योजना पुरा गर्ने, एमाले सरकारको नारा एक घर एक धारा पुरा गर्नेमा आफु पूर्ण कटिवद्ध रहेको एमाले उम्मेदवार घर्तिमगरले बताए। एमाले सरकारले ल्याएका ग्यारेन्टी मुद्दाहरु पुरा गर्न जनताले मंसिर ४ गतेको निर्वाचनमा सूर्यमा मतदान गर्नुपर्ने उम्मेदवार घर्तिमगरले बताए।

तिनाउ गाउँपालिकाको मस्याम क्षेत्रको घरदैलो गर्दै नेता घर्तीले प्राविधिक परीक्षण गरेर मात्रै पूर्वाधार निर्माणका कार्य गर्नुपर्ने, विकास-निर्माणका कार्य अगाडि बढाउँदा वातावरण नबिग्रने, जैविक विविधताको संरक्षणमा गर्ने, बस्ती क्षेत्रमा असर नपुग्ने गरी आफुले आवाज उठाउने एमाले उम्मेदवार घर्तिले बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको