तानसेन। पाल्पा क्षेत्र नम्बर २ (१) प्रदेश सभा सदस्यका नेकपा एमालेका उम्मेदवार पर्सुराम भट्टराईले माडी चक्रपथ निर्माण तथा स्तरउन्नतिमा पहिलो प्राथमिकता दिएर काम गर्ने बताएका छन् ।
माथागढी १ चिदिपानीका जनतासंग घरदैलो कार्यक्रममा रहनु भएका प्रदेशसभा उम्मेदवार भट्टराईले आर्यभञ्ज्याङ रामपुर सडक स्तरउन्नतीको लागी पहल गर्ने बताएका छन् ।
भट्टराईले मतदाताहरुको मागलाई सम्बोधन गर्दै चिदीपानीका ग्रामीण बस्तीहरुको सडक स्तरउन्नती, कृषि उत्पादन र पशुपालनलाई व्यवसायी र निर्यातमुखी बनाउन आफ्नो पहल रहने बताएका छन् ।
चिदीपानीका जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, १२ महिना यातायात सुचारु साथै सडक पुवाधारको बिकास गर्न आफ्नो पहल रहने बताए।
माडी चक्रपथको विकास र चक्रपथलाई जनताको उत्पादन र निर्यातसंग जोडनेगरि जन भावना अनुसार काम गर्ने प्रतिवद्धता समेत एमाले प्रदेशसभा उम्मेदवार भट्टराईले बताए।