युवालाई गाउँमै काम गर्ने वातावरण मिलाउने छुः राना

पाल्पा। पाल्पा क्षेत्र २ (१) का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले गाउँमै युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्ने बताएका छन् । शनिबार क्षेत्र २ (१) का विभिन्न टोलवस्तीमा पुगेर घरदैलो तथा सभालाई सम्बोधन गर्दै रानाले युवाहरुलाई गाउँमै उद्यशीलता र रोजगारी सिर्जना गर्ने बताएका हुन् ।

लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिचाँई मन्त्री समेत रहेका रानाले निर्वाचनपछि पछि बन्ने गठबन्धनको सरकारले गाउँमै कृषि, घरेलु उद्योगहरुको स्थापना गरी युवाहरुलाई उद्यमीशीलता र रोजगार प्रदान गर्ने उद्घोष गरेका छन् । उनले धेरै युवाहरु रोजगारका लागि विदेशिनु परेको भन्दै त्यसलाई रोक्नका लागि पनि गाउँ गाउँमा उद्यमशीलताका कार्यक्रमहरु ल्याउने बताएका छन् । \

उम्मेदवार रानाले कृषि, पशुपालनालाई जोड् दिदै युवाहरुलाई व्यवसायिक रुपमा लाग्न प्रेरित गर्ने खालका कार्यक्रमहरु ल्याउने बताए । उनले युवा स्वरोजगार र विदेशबाट फर्किएका युवाहरुलाई लगानीको सुनिश्चिता र लगानीको ग्यारेन्टीसहितका कार्यक्रम सञ्चालन गर्ने संकल्प आफ्नो रहेको बताए ।

यस क्षेत्रमा समस्याको रुपमा रहेको खानेपानी, सिंचाई, कृषि, पशुपालन लगायतको कामलाई योजना बनाई युवा स्वरोजगार र आयमुलक काममा प्रतिवद्धता सहित जनताको बाचा पूरा गर्ने उनले बताए ।

उनले पाल्पाको विकासमा गाउँ-गाउँबाट योजना बनाएर ल्याउन र त्यसको लागि कुनै पनि हालतमा बजेट कमी हुन नदिने बताए ।

तपाईको प्रतिक्रिया