पाल्पा। आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा पुगेका छन ।
शनिबार नेकपा एमाले पाल्पा क्षेत्र नं. १ १() का प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ निस्दी क्षेत्रमा घरदैलो तथा भेटघाटमा पुगेका छन् ।
उनले निस्दीका मतदातासंग भेट्दै त्यहाको कला सस्कृती र परम्पराको संरक्षण र सम्बद्र्धन गर्ने बताएका छन् । उम्मेदवार श्रेष्ठ मगर सस्कार सस्कृतिलाई जगेर्ण गर्न मगर संग्रहालयको विकास गर्ने र पर्यटनलाई आय आर्जनसङ्ग जोड्ने गरि निस्दीका उत्पादनलाई नेपाल भरी बजारीकरण गर्न सहयोग गर्ने बताए।
निस्दी ३ झिरुवासमा पाल्पा क्षेत्र न १ को रणनीतिक लोक मार्ग पन्थे सहलकोट हुँदै झ्यालबास जोड्ने बाटो ४० करोडमा टेन्डर भैसकेको र यस क्षेत्रको बिकास एमालेले मात्र गर्ने उम्मेदवार श्रेष्ठले बताए।
एमाले उम्मेदवार श्रेष्ठले एमालेको प्रदेश सरकार भएमा प्रदेशले दिने हरेक सुबिधासङ्ग आफ्ना मतदातालाई जोड्ने पनि प्रतिबद्धता जनाएका छन् ।