
तानसेन। नेकपा एमालेका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले राष्ट्रियता जोगाउने पार्टी नेकपा एमाले भएकोले मंसिर ४ गतेको निर्वाचनमा सूर्यमा मतदान गर्न जनतालाई आव्हान गरेका छन् ।
रम्भा गाउँपालिका वडा नंं ३ पिपलडाँडा क्षेत्रको घरदैलो क्रममा नेता आचार्यले गठवन्धन दल नेपाली काग्रेंस, नेकपा माओवादी र तथा नेकपा ए समाजवादीले देशको राष्ट्रियता जोगाउने भन्दा विदेशीको चाकडी गरेर सत्तालिप्सामा टासिएको बताए ।
“तपाईहरु राष्ट्रलाई जोगाउने हो भने एमालको सूर्य चिन्हमै मतदान गर्नुस” एमाले उम्मेदवार आचार्यले जनतासंग अनुरोध गरे ।
नेकपा एमालेले यूवा वर्गलाई उच्च प्राथमिकतामा राखेको भन्दै नेता आचार्यले विकास निर्माणको क्षेत्रमा युवा पुस्ता विना राष्ट्रको दिगो विकासको योजना अगाडि बढ्न नसक्ने बताए।
एमाले उम्मेदवार आचार्यले संघ, प्रदेश र स्थानीय समुदाय तहसम्म युवामैत्री वातावरण र युवा सहभागितात्मक विकास एमालेले चाहेको बताए ।