जनताको समस्या समाधान गर्ने प्रतिनिधि चुन्नुहोस्ः उम्मेदवार गैरे
तानसेन। नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले नागरिकका समस्या सरल र सहज ढंगले छिटो सम्पादन गर्ने जनप्रतिनिधि जनताले खोजेको बताएका छन् ।
निर्वाचनपछि जनतालाई मुख पनि नदेखाउने उम्मेदवारसंग जनता सावधान हुनुपर्ने गैरेले बताए । एमाले पोलिटब्यूरो सदस्य समेत रहेका नेता गैरेले नागरिकले पाउनुपर्ने सेवा सर्वसुलभ र झन्झटमुक्त बनाउन जनप्रतिनिधि जनताप्रति निष्ठावान बन्नुपर्ने बताए ।
शनिबार माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीको घरदै...










