आर्यभञ्ज्याङ-रामपुर सडक खण्डलाई द्रुतमार्ग बनाइनेछः आचार्य

तानसेन। नेकपा एमाले पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्यले विकास निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन् ।

शुक्रबार रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा घरदैलो कार्यक्रममा उम्मेदवार आचार्यले एमालेको नेतृत्वमा भएका तीनै तहका सरकारले गरेका काम हेरेर मुल्यांकन गर्न आग्रह गरे।

एमालेले जितेका स्थानमा विकासका कामहरु धेरै भएको मंसिर ४ गतेको निर्वाचनमा सुर्यमा मतदान गर्न जनता संग अनुरोध गरे। निवर्तमान प्रदेश सांसद समेत रहेका आचार्यले आफ्नो कार्यकालमा यस क्षेत्रको विकासलाई तीव्रता दिएको बताउदै अधुरा रहेका योजना आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिवद्धता जनाए ।

आर्यभञ्ज्याङ–रामपुर सडक स्तरोन्नतिको कामलाई पहिलो प्राथमिकता दिएर काम गर्ने उम्मेदवार आचार्यले प्रतिवद्धता जनाएका छन् । यो सडक रामपुरदेखि रोल्पाको कपुरकोटसम्म जोड्ने बाटो हो । यसको शुरुवात एमाले सरकारले नै गरेको आफू निर्वाचित भएपछि तीव्रताका साथ काम गर्ने र यो सडक लाई द्रुत राजमार्गका रुपमा विकास गर्ने एमाले उम्मेदवार आचार्यले बताए।

ताहुँमा १५ शैयाको अस्पताल निर्माण, ताहुँ प्रहरी चौकीलाई इनस्पेक्टरको दरबन्दी रहनेगरी स्तरोन्नति गर्ने काममा आफु सक्रिय भएर लाग्ने एमाले उम्मेदवार आचार्यले बताए।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer