पाल्पामा दुई मतदान केन्द्रबाट २ हजार बढी मतदाताले समानुपातिक मत दिने

तानसेन। निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले पाल्पामा दि फेमस महेन्द्र दल ब्यारेक नागपोखरी तानसेन ६ र तानसेन नगरपालिका वडा नं. ६ मा रहेको जिल्ला कारागार तानसेनलाई समानुपातिक मतदानको लागी अस्थायी मतदान केन्द्र तोकेको हो ।

आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो ।

आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतका लागि अस्थायी मतदान केन्द्र कायम गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार पाल्पाबाट यसरी मतदान गर्ने जम्मा दुई हजार ९ सय २१ जना मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer