कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन

कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आएकी छन् । उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज सहित आयोजकले भव्य स्वागत गरे । राधिका दासीले शनिबारदेखि जेठ २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार-प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा...

युवालाई २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने

युवालाई २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने
काठमाडाैं। सरकारले युवालाई बिना धितो दुई लाखदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र तथा परियोजना प्रस्तावका आधारमा बिना धितो दुई लाखदेखि २० लाखसम्म तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उल्लेख गरे। राष्ट्रिय युवा प...

आजको मौसमः मेघगर्जन र चट्याङसहित हल्का वर्षा

आजको मौसमः मेघगर्जन र चट्याङसहित हल्का वर्षा
काठमाडौं। हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावले मौसममा बदली आएको छ । यसका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहने छ। देशका पहाडी भूभागका केही स्थान र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हि...

कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा

कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहयोग गर्ने भक्तजन दिनहुँ बढ्दै गएका छन् । कोटिहोममा आउने जनप्रतिनिधिले यस्ता खालका कोटिहोम नेपालका विभिन्न ठाउँमा गएर सञ्चालन गर्न समेत सुझाव दिएका छन् । यस क्र...

कोटिहोममा देवी प्रतिभाको पुनः आगमन, भक्तजनको सहभागिता बढ्याे

कोटिहोममा देवी प्रतिभाको पुनः आगमन, भक्तजनको सहभागिता बढ्याे
कास्की। पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित आएकी छिन्। उनले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको छ। यसअघि वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभाले लगातार १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन्। उनका "प्यार से बोलोन" भन्ने शब्द आज लाखौं भक्तजनका लागि उर्जाको स्रोत बनेको छ...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
काठमाडाैं। शुक्रबार सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ ।  अन्तरराष्ट्रिय बजारमा देखिएकाे प्रभावले नेपालमा पनि सुनको मूल्यमा   गिरावट भएको हाे । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।  बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ४०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार पाँचमा कारोबार भइरहेको छ । अन्तरराष्ट्र...

पौडी खेल्दा डुबेर भारतीय किशोर बेपत्ता

पौडी खेल्दा डुबेर भारतीय किशोर बेपत्ता
तानसेन। तिनाउ खोलामा डुबेर भारतीय किशोर बिहीबारदेखि बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका वडा न.–३, ड्यामसाइडमा पौडी खेल्न गएका भारतको महाराजगन्ज नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार आफ्ना दाजुभाई र साथीसहित पाँच जना बुटवल घुम्न आएकोमा पौडी खेल्ने क्रममा डुबेपछि उनी बेपत्ता भएका हुन् । बेपत्ताका आफन्त, प्रहरी र स्थानीयले खोजी गरिरहेको पाल्पा प्रहरीका प्रवक्ता सुनिल मल्लले जानकारी दिए । बेपोत्ता किशाेरकाे हिजैदेखि खा...

पाल्पामा विद्युत कटौतीले खानेपानी वितरणमा समस्या

पाल्पामा विद्युत कटौतीले खानेपानी वितरणमा समस्या
तानसेन। दैनिक रुपमा बिना सूचना विद्युत कटौती हुँदा पाल्पामा खानेपानी वितरणमा समस्या देखिएको छ । पहाडि जिल्ला भएका कारण जिल्ला सदरमुकाम तासेनसहित ग्रामीण बस्तीमा लिफ्टिंगमार्फत खानेनपनीको आपूति हुँदै आएकोमा विद्युत कटौतीले समस्या भएको हो। दैनिक जसो पानी पर्ने, हावा लाग्ने र अन्य समयमा पनि पटक-पटक विद्युत कटौती हुँदा नियमित खानेपानी वितरणमा समस्या देखिएको हो ।तानसेन खानेपानी उपभोक्ता समिति अध्यक्ष मोहनप्रसाद श्रेष्ठका अनुसार विदुत अनिमित हुँदा पम्पहरू बिग्रने पानी सङ्कलन गर्...

कोटिहोममा भोलिदेखि दिनबन्धुले प्रवचन गर्ने

कोटिहोममा भोलिदेखि दिनबन्धुले प्रवचन गर्ने
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार आचार्य प्रशान्त कृष्ण पंराकुशजीलाई विदाई गरिएको छ । महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले शनिवार विशेष कार्यक्रका बीच पंराकुशजीलाई विदाई गरेका हुन् । उनले महायज्ञमा ९ दिनसम्म कथा प्रवचन गरेका थिए । पंराकुशजीको विदाई कार्यक्रममा भक्तजन भावुक भएका थिए । यसैगरी महायज्ञमा भोलि (आइतवार ) देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले प्रवचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसा...

वाइसिएल पाल्पा अध्यक्षमा पुनः श्रेष्ठ

वाइसिएल पाल्पा अध्यक्षमा पुनः श्रेष्ठ
तानसेन। वाइसिएल नेपाल पाल्पाको अध्यक्षमा पुनः कमल श्रेष्ठ निर्वाचित भएका छन् । हालै तानसेनमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट उपाध्यक्ष नवीन घिमिरे, कमल खत्री र दुर्गा केसी, सचिवमा राधाकृष्ण दङ्गाल, सहसचिवमा जीवन राना, जीवन दर्लामी र विष्णु विक तथा कोषाध्यक्षमा मनिष रावल निर्वाचित भएका हुन् । अन्य दुई वटा सहसचिव र अन्य सदस्यहरुको नामावली टुंगो लगाउन बाकी रहेको अध्यक्ष कमल श्रेष्ठले नयाँधारलाई जानकारी दिए।

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer