
तानसेन। दैनिक रुपमा बिना सूचना विद्युत कटौती हुँदा पाल्पामा खानेपानी वितरणमा समस्या देखिएको छ । पहाडि जिल्ला भएका कारण जिल्ला सदरमुकाम तासेनसहित ग्रामीण बस्तीमा लिफ्टिंगमार्फत खानेनपनीको आपूति हुँदै आएकोमा विद्युत कटौतीले समस्या भएको हो।
दैनिक जसो पानी पर्ने, हावा लाग्ने र अन्य समयमा पनि पटक-पटक विद्युत कटौती हुँदा नियमित खानेपानी वितरणमा समस्या देखिएको हो ।तानसेन खानेपानी उपभोक्ता समिति अध्यक्ष मोहनप्रसाद श्रेष्ठका अनुसार विदुत अनिमित हुँदा पम्पहरू बिग्रने पानी सङ्कलन गर्न नसकिने र जस्ले गर्दा पानी वितरणमै समस्या हुने गरेको हो।
हिउँदको समयमा पानीका मुलहरु सुक्ने र अधिकांश स्थानमा लिफ्टबाट तानेको पानी वितरण हुँदै आएकोमा विद्युतका कारण पानी आपूर्ति हुन नसकेको हो। दैनिक दर्जन पटकसम्म विद्युत कटौती हुँने र भोल्टेज तलमाथि हुँदा यन्त्र उपकरणमा पनि समस्या हुने गरेको गुनासो उपभोक्ताको छ ।
उता नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले भने मौसममा आएको बदली र हावाहुरीले रुखहरु ढल्ने जस्ता समस्या देखा पर्दा पनि विद्युत सेवा अवरुद्ध भएको जनाएको छ ।
पाल्पा सदरमुकाम तानसेनका लागि भुल्के, सिस्ने र कालीगण्डकीको पानी लिफ्ट गरी वितरण हुँदै आएको छ।