जलेश्वर धाममा शिवपुराण महायज्ञ
तानसेन। रिब्दीकोटको जलेश्वररमा शिवपुराण महायज्ञ सुरु भएको छ। रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल जलेश्वरमा ११ दिने महायज्ञ सुरु भएको हो। महायज्ञ मूल आयोजक समितिको आयोजना, रिब्दीकोट गाउँपालिकाको संरक्षकत्व तथा विश्व हिन्दु महासंघ पाल्पाको सहकार्यमा महायज्ञ सुरु भएको हो ।
महायज्ञको उद्घाटन समारोहमा बोल्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जलेश्वर मन्दिर क्षेत्रलाई पुण्यभूमि र तपोभूमिका रूपमा विकास गर्न यस महायज्ञले सेतुको काम ग...










