सिजी सिमेन्ट उद्योगको धुलो-धूँवाले सिंगाे गाउँमा समस्या
तानसेन। उद्योगपति विनोद चौधरीको सीजी सिमेन्ट उद्योग अवैध रुपमा संचालन गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकास्थित सर्देवामा संचालित उद्योगले धुलो, धुवा र ध्वनी प्रदूषण फैलाएपछि मागसहित ज्ञापनपत्र बुझाएको स्थानीयले बताएका छन् । विगतमा भएका सहमति कार्यान्वय नभएपछि सो क्षेत्रमा बसोबास गर्दै आएका दुई सय ५० बढी परिवारले समस्या झेल्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका संयोज...









