पाल्पा टिपर दुर्घटना: तीनै जनाको सनाखत
तानसेन । पाल्पामा सनिवार बेलुका भएको टिपर दुर्घटनामा मृत्यु भएमा तीन जनाको पहिचान खुलेको छ।
दुर्घटनामा मृत्यु हुनेहरुमा सितगङ्गा ४ सिधारा, अर्घाखाँचीका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपाली रहेको प्रहरीले जनाएको छ।
सनिवार बेलुका करिब ६ बजेको समयमा झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर अचानक ब्रेक फेल भई दुर्घटनामा परेको हो। टिपर सडकबाट करिब १०...









