सहारा दिनेलाई नै धोका: ठुलो रकम चोरी गरी १७ वर्षीया किशोरी फरार

तानसेन। रम्भा गाउँपालिका-४ हुमिनस्थित  रैया नजिकको घरबाट चार लाख बढी नगत चोरी गरी एक किशोरी फरार भएकी छ्न। घर बनाएर निर्माण व्यवसायीलाई तिर्न राखेको चार लाख ८० हजार नगद चोरी गरी घरमा बसेकी किशोरी फरार भएको पीडित रिमा सुन्धौलीले बताइन् ।

मानवीयताको नाताले सहारा दिएर घरको सदस्य झैँ राखिएकी १७ वर्षीया मिना आले रकम लिएर फरार भएकी हुन। ५ दिनअघि फरार आले अहिलेसम्म फेला पर्न सकेकी छैनन्।

​पीडितका अनुसार, ती किशोरीलाई बस्न, खान र कपासको व्यवस्था गरी परिवारकै सदस्यको रूपमा राखिएको थियो। तर, विश्वासको फाइदा उठाउँदै उनी घरबाट मोटो रकम लिएर बेपत्ता भएकी हुन्। पीडित पक्षले हराएको ५ दिन बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजीका लागि सार्वजनिक अपिल गरेका छन्।

फरार किशोरीको विवरण र हुलिया:

  • नाम: मिना आले
  • उमेर: १७ वर्ष
  • उचाइ: होचो कद
  • कपाल: छोटो काटिएको (Short Cutting)
  • रङ्ग: गहुँगोरो
  • विशेष पहिचान: खैरो जिन्स रङ्गको झोला बोकेकी

​ती किशोरी विशेष गरी कपडा पसल, किराना पसल, कस्मेटिक पसल वा होटलहरूमा जान सक्ने अनुमान गरिएको छ। चोरीको घटना लगत्तै उनले कपडा फेरेको हुनसक्ने हुँदा हुलियाका आधारमा चिन्न आग्रह गरिएको छ।

​पीडितले सामाजिक सञ्जाल र प्रहरीमार्फत खोजी कार्य जारी राखेका छन्। कतै फेला पार्नुभएमा वा शंकास्पद अवस्थामा देख्नुभएमा तत्काल नजिकैको प्रहरी चौकी वा ९७०४५००९२४ मा सम्पर्क गरी सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको