केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

तानसेन। देशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित वर्षा भइरहेको छ। आज राति करिब ८ बजेको अवस्थाअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको जानकारी प्राप्त भएको छ।

मौसम सम्बन्धी विवरण अनुसार मेघगर्जन तथा चट्याङ्गसहित वर्षा गराउने बादल अझै आकाशमा सक्रिय रहेकाले ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेको बताइएको छ। सम्बन्धित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।

भू–उपग्रहबाट प्राप्त तस्बिर तथा मेघगर्जन/चट्याङ्ग भइरहेको र वर्षा भइरहेको क्षेत्रको विवरण सम्बन्धित चित्रमा देख्न सकिने माैसम पूर्वानुमान महाशाखाले जनाइएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer