तानसेन । पाल्पामा सनिवार बेलुका भएको टिपर दुर्घटनामा मृत्यु भएमा तीन जनाको पहिचान खुलेको छ।
दुर्घटनामा मृत्यु हुनेहरुमा सितगङ्गा ४ सिधारा, अर्घाखाँचीका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपाली रहेको प्रहरीले जनाएको छ।
सनिवार बेलुका करिब ६ बजेको समयमा झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर अचानक ब्रेक फेल भई दुर्घटनामा परेको हो। टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए। घाइतेमध्ये दुई जनालाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो ।
उपचारका क्रममा तीन जना पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी माथाबाट प्रहरी सहायक निरीक्षक थमन पराजुलीको कमाण्डमा टोली खटिई
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



