तानसेन। पाल्पामा बहुविवाहको मुद्दा लागेर फरार रहेका ढालबहादुर विक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले जिल्ला अदालत पाल्पाबाट बहुविवाह सम्बन्धी कसूर मुद्दामा २०८० असार ३१ गते ११ महिना १० दिनको सजाय पाएका विकलाई पक्राउ गरेको हो ।
रिब्दीकोट गाउँपालिका– ८ का ३९ वर्षीय विकलाई खोजतलास गर्ने क्रममा तानसेन नगरपालिका वडा नं. ४ लहरेपिपलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए ।
पक्राउ परेका विकलाई आवश्यक कारवाहीको लागि पाल्पा जिल्ला अदालतमा पेश गरिएको छ प्रहरीले जनाएको छ।



