पाल्पा। पाल्पामा टिपर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका–७ रहबासमा शनिबार बेलुका भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा चालक सितगङ्गा ४ सिधारा, अर्घाखाँचीका चिन्ता बहादुर सुनार र अन्य २ जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ।
यस्तै तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको दुवै खुट्टा भाँचिएको र अवस्था गम्भीर रहेको पाल्पा प्रहरीले जनाएको छ।
सनिवार बेलुका करिब ६ बजेको समयमा झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर अचानक ब्रेक फेल भई दुर्घटनामा परेको हो। टिप्पर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए। घाइतेमध्ये दुई जनालाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो ।
उपचारका क्रममा तीन जना पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी माथाबाट प्रहरी सहायक निरीक्षक थमन पराजुलीको कमाण्डमा टोली खटिई
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



