कस्तो छ आजको मौसम ?

पाल्पा। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु कुहिरो रहेको छ । यस्तै शुक्रकार बेलुका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल र बाँकी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

यस्तै राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने पूर्वानुमान छ।

राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer