पूर्वखोलामा तयारी कपडा उद्योग सञ्चालन

पाल्पा । पूर्वखोला गाउँपालिका–४, देवीनगरस्थित काफलडाडामा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । स्थानीयबासिन्दा मणि सिकेले दश लाख लगानीमा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका छन् ।

भारतमा सिकेको सीपबाट अहिले घरमा नै गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएपछि स्थानीयबासिन्दाहरुले गाउँमा रोजगारीको अवसर जुटेको छ । कपडा सिलाउने माग बढेपछि पाँच सात जनालाई गाउँमा काम गर्ने अवसर मिलेको हो ।

गार्मेन्ट उद्योगमा टिसर्ट, टयागसुट, आउटर, जागे लगायतका कपडा उत्पादन हुने सिकेको भनाई छ । मणि सिकेका अनुसार स्थानीय स्तरमा खपत हुने कपडाहरु गर्मेन्टमा उत्पादन हुँदै आएको छ ।

गार्मेन्टमा उत्पादित तयारी पोशाक स्थानीय बजार बहादुरपुर, पुर्वखोला, झडेवा, हुमिन लगायतका स्थानमा कपडाको खपत हुन्छ । उत्पादित कपडाका लागि बजारको समस्या नरहेको सिकेले बताए । परिवारका लागि लालनपालन र शिक्षादिक्षाका लागि १५ वर्षसम्म भारत बिताए । त्यही समयमा गार्मेन्ट उद्योगमा टिसर्ट, टयागसुट, आउटर, जागे लगायतका कपडा उत्पादन गर्ने काम गर्न परयो ।

भारतमा सिकेको काम स्वदेशमा आफुलाई जिवीकोपार्जनका लागि सजिलो भएको सिकेको भनाई छ । परम्परागत सीप चाहि होइन, सुनचादीका कारोबार गर्ने परम्परागत सीप परिवारको रहेपनि सिकेले सिलाईप्रति आकर्षित भए ।

अहिले सिलाई पेशाबाट नै सिकेको परिवारका लागि चाहिने खर्च जुटाउन व्यस्त भए । चार सन्तान, श्रमितिका लागि खर्चपर्चो सबै गार्मेन्ट सञ्चालनमा ल्याएपछि जुटाउन सहज भएको छ । श्रीमान श्रीमतिमा गार्मेन्टमा सगँसगै काम गर्छन् ।
भारतमा सिकेको सीपले स्वदेशमा नै मान सम्मान र पैसा पाएपछि सिके यतिबेला सन्तृष्टि छ । परिबारका साथमा काम गर्न पाउँदा खुसी मात्र होइन, काम गर्न थप उत्साह समेत मिलेको छ ।

युवाहरुले पहलमा सञ्चालित गार्मेन्टबाट धेरै युवाहरुलाई रोजगार दिन सकिने भएपनि स्थानीय सरकारले आफुलाई आर्थिक सहयोग नगरेकोमा सिकेको गुनासो छ । ग्रामीण बस्तीमा सञ्चालनमा आएको गार्मेन्टलाई सबैले चासो र संरक्षणका लागि आवाज उठाउनुपर्ने स्थानीयबासिन्दाको भनाई छ ।

तपाईको प्रतिक्रिया