
पाल्पा । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका निवासी राजेश कुमार गुप्ताले पाल्पामा उत्पादित फूल खेतीबाट बार्षिक १० देखि १२ लाखसम्म आम्दानी गर्न सफल बनेका छन् । व्यवसायिक फूल खेतीका लागि पाल्पाको हावापानी राम्रो रहेकोले आफुले फूल खेतीबाट प्रशस्त आम्दानी लिन सफल बनेको हुन ।
विस २०७० सालमा २० लाख लगानीमा १३ रोपनी जग्गा भाडामा व्यवसायिक फूल खेती सूरुवात गरेको कहानी सुनाए । नर्सरीमा फूलको किनबेच मात्र हुँदैन, फूलखेती अध्ययन भम्रण टोली समेत नर्सरीमा टहलिने काम हुन्छ । जसका कारण नर्सरी क्षेत्रमा चहलपहल बढ्दो छ ।
पाल्पाको तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यवसायिक फूल खेती अवलोकन गर्न पुग्नेहरु यतिबेला सबैको मन लोभिएका छन् । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका निवासी राजेश कुमार गुप्ताले पाल्पा नर्सरीमा दुई दर्जन भन्दा बढी फूलको व्यवसायिक उत्पादनले फूल खेतीप्रति लोभिएका छन् ।
प्लास्टिक घरभित्र रङ्गी विरङगी फूलहरु फूलिरहेको दृश्यले त्यहाँ पुग्ने लालयित बनाउन सफल छ । प्राय ः मानिसहरु फूलसँग झुमिन रुचाउछन् । फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिसहरु निकै चाहान्छन् । शहरी क्षेत्रमा बढदो आवास निर्माणले हरियाली हराउँदै गएको छ ।
मानिसहरु हरियाली गुमेपछि घरको आसपासका क्षेत्रमा रङ्गी विरङगी फूलहरु रोपेर सुन्दर बनाउन चाहार्नेहरुको कारण फूलको नर्सरी सबैको आकर्षणको केन्द्रको रुपमा बदलिएको हो । फूलिरहेको फूल घर वरपर तथा घरभित्र गमलामा फुल रोपेर हरियाली बनाउनेहरुको संख्या बढ्दो छ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका निवासी गुप्ताले पाल्पामा उत्पादित फूल खेतीबाट बार्षिक १० देखि १२ लाखसम्म आम्दानी गर्ने बताए ।
व्यवसायिक फूल खेतीका लागि पाल्पाको हावापनी राम्रो रहेकोले आफुले पाल्पा रोजेको हो । विस २०७० सालमा २० लाख लगानीमा १३ रोपनी जग्गा भाडामा व्यवसायिक फूल खेती सूरुवात गरेको कहानी सुनाउनुभयो । नर्सरीमा फूलको किनबेच मात्र हुँदैन, फूलखेती अध्ययन भम्रण टोली समेत नर्सरीमा टहलिने काम हुन्छ ।
नर्सरीमा उत्पादित फुलहरु जेरिनियम, पिटोनिया, पेन्जी, सयपत्रि, गोदावरी, कुविजा, भर्विना, देनथस, डालिया, लालुपाते, लिलियम, गेजनिया, हंशराज, काउली फूल, सालविया लगायतका दुई दर्जन बढी थरिका फूल उत्पादन गरिन्छ । फूल उत्पादनले यस क्षेत्र निकै आकर्षित क्षेत्र बनेको छ ।
१४ जनालाई रोजगारी
यस नर्सरीमा चार जनाले स्थायी रुपमा मासिक पारिश्रमिक पाउँछन् । १० जनाले दैनिक ज्यालादारी रुपमा रोजगारी पाएको गुप्ताको भनाई छ । फुर्सुदको समयमा सुतेर बस्ने महिलाले दिनभर काम पाएपछि घरखर्च जुटाउन समस्या हटेकोे छ । दिनभर काम गरेपछि पैसा सजिलै पाउने भएपछि महिलाहरु खुसीका साथ फूलखेतीमा झुमिएका हुन ।
फुल खेतीबाट प्रशस्त आम्दानी गर्न थालेपछि पैसा कमाउन विदेश पलायन हुनुपर्छ भन्ने मान्यतालाई विस्थापित बनाएको छ । स्वदेशमा श्रम र पसिना बगाउन सकेको अवस्था कृषि क्षेत्रबाट पनि प्रशस्त आयआर्जन गर्न सकिने उदाहरण गुप्ता बनेका छन् । जग्गा भाडामा पाल्पा नर्सरी नामक संस्थाले यस क्षेत्रका फुल खेती गर्नेहरुका लागि विरुवा उत्पादन गर्ने स्थलमा अध्ययन भम्रणले चहलपहल बढ्दो छ । पाल्पाको हावा पानी राम्रो भएकाले फूल उत्पादन राम्रो हुँदै गएको छ ।
जिल्ला बाहिर निर्यात
पाल्पामा उत्पादित फुलका विरुवा बुटबलमा संकलन हुँदै आएको छ । बुटबलबाट पाल्पामा उत्पादित फूलका विरुवाहरु नेपालगञ्ज, पोखरा, काठमाडौं लगायतका स्थानमा माग बढ्दो रहेको छ । फूल खेतीका लागि बजेट र कार्यक्रम छैन् जिल्लामा
पाल्पाको भैरवस्थान, तानसेन, रामपुर क्षेत्रमा फुल खपत बढ्दो छ । तर, पाल्पामा कृषि ज्ञान केन्द्र पाल्पाको अनुसार पाल्पा नर्सरी बाहेक जिल्लाका अन्य क्षेत्रमा व्यवसायिक फूल खेती हुँदैन । कृषि ज्ञान केन्द्र र स्थानीय तहमा फूल खेतीका लागि प्रोत्साहन गर्ने कार्यक्रम छैन ।
जिल्ला कृषि विकास कार्यालयमा पाल्पा मदनपोखराका नरेन्द्र पाण्डेयले पुष्प खेतीका लागि फर्म दर्ता गरेपनि फूल खेती सञ्चालनमा आउन सकेन ।
फूल खेतीको माग आए, कार्यक्रम चलाइन्छ : कृषि ज्ञान केन्द्र
कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले पुष्प खेतीका लागि व्यवसायिक बनाउन सकेको अवस्थामा राम्रो आयआर्जन गर्न सकिने बताउनुभयो । उहाँले पुष्प खेतीका लागि दश जनाको समुहमा तालीम सञ्चालन गर्न माग आएमा आफुहरु प्रदेश सरकारसँग कार्यक्रम तथा बजेट माग गरी तालीम सञ्चालन गर्न तयार रहेको बताए ।
रोजगारीका लागि विदेश पलायन हुनेकोे संख्या दैनिक रुपमा बढ्दो छ । नेपाल सरकारले बेरोजगार युवाहरुलाई कृषि पेशामा आकर्षित गर्न सकेको अवस्थामा स्थानीय स्तरमा समेत स्वरोजगार बन्न सम्भवना छ । तर, व्यवसायिक सीप, क्षमता, ज्ञानको विकास गरी फूल खेती तथा कृषिमा जमेर काम गर्न सकेको अवस्थामा नेपाली भूमिमा कोरियामा भन्दा नेपाली खोरिया फडानी गरी फूल खेतीबाट प्रशस्त पैसा कमाउन सकिन्छ ।