पुरुषोत्तमको तीजगीत “गेलेनको मादल” [भिडियो सहित]

पाल्पा । हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज नजिकिएसंगै तीजगीतहरु बजारमा धमाधम आउन थालेका छन तर पछिल्ले समय तीजगीतहरुमा मौलिकता हराएको पाका पुस्ताहरुको भनाई छ । यसैविच पाल्पाली गायक पुरुषोत्तम गैरेले मौलिक तीजगीत “गेलेनको मादल” बजारमा ल्याएका छन ।

गीतमा गैरेसंगै पाल्पा लोक आईडल २०७५ की विजेता धनमाया दिसुवाले स्वर दिएकी छन ।पुरानो र गाउँघरमा गायिने मौलीक भाकालाई जस्ताको तस्तै दर्शक स्रोतासामु लयाएको गैरेले बताए ।

गीतको शब्द ,संगित र म्युजिक भिडियोको निर्देशन गायक गैरे स्वयमले नै गरेका छन् । म्युजिक भिडियोमा पुरुषोत्तम भण्डारी पुर्खे बा शृजना मस्राङ्गी लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया