पाल्पा । सिस्नेरी सामुदायिक वन उपभोक्ता समूह तिनाउ गाउँपालिका–२ सिस्नेरीको २४ औ वार्षिकोत्सब तथा दश औ अधिवेशनबाट अध्यक्षमा अमर सिह भण्डारीमा निर्वाचित भएका छन् ।
अधिवेशनले अमर सिं भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसमा उपाध्यक्ष यज्ञ प्रसाद, खरेल, सचिव ईन्दिरा कंडेल, कोषाध्यक्ष रविन्द्र पौडेल, सहसचिव तुल्सी भण्डारी र सदस्यहरु भिमलाल भट्टराई, लिला चिदी, तुल्सी दर्नाल र सीता आचार्य रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले वन क्षेत्रलाई संरक्षण गर्दै दिगो आम्दानीको लागि योजना बनाई अघि बढ्नुपर्ने बताउनुभयो । तिनाउ गाउँपालिका–२ नम्वर वडाध्यक्ष श्रेष्ठले वडाको तर्फबाट सबै घरधुरीलाई आयआर्जनका लागि १ घर ५ बिरुवा आप, लिची र कागती वितरण गरेको बताउनुभयो ।
कार्यक्रममा दोभान माविका प्रअ सुर्य प्रसाद पौडेलले सामुदायिक वनले शिक्षा क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताउनुभयो ।सो कार्यक्रममा सामुदायिक वन समन्वय समिति तिनाउका अध्यक्ष अमर प्रधान, छिमेकी सामुदायिक वनका अध्यक्षहरु कुसुमडाँडा सामुदायिक वनका अध्यक्ष भिमिसरा घर्ती लगायतले सामुदायिक वनबाट आर्थिक रुपमा विपन्न समुदायका मानिसले लाभ लिन सक्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
सातपत्रे सामुदायिक वनका अध्यक्ष हरि प्रसाद पाण्डे, भुतखोला सामुदायिक वनका संस्थापक अध्यक्ष मोतिराम लम्साल, वालज्योति प्राविका प्रअ विनोद गाहा, शेर बहादुर थापा, राम बहादुर भण्डारी, टिकाराम खरेल लगायतले वन संरक्षण गरी आर्थिक तथा वातावरणीय लाभ लिने खालको कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो । ईन्दिरा कंडेलले स्वागत र कार्यक्रममा कोषाध्यक्ष रविन्द्र पौडेलले वार्षिक आयब्य प्रस्तुत गर्नुभयो ।