पाल्पा ः तिनाउ गाउँपालिका वडा नम्वर २ स्थित गणेश सामुदायिक वन उपभोक्ता समूह १६ औ बार्षिक साधारण सभा तथा ९ औ अधिवेशन सम्पन्न भएको छ ।

तिनाउ गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले प्रमुख अतिथिको आशनबाट सामुदायिक वनले हिजो पनि स्थानीय सरकारको रुपमा काम गरेको बताउनुभयो । उहाँले आज पनि सो सरह नै आफ्नो गाउँ टोलको विकासमा लगानी गर्दै उपभोक्ताको आय आर्जन र दिगो विकासमा सहयोग पुर्याएको बताउनुभयो ।

सभामा विशिष्ट अतिथि तिनाउका प्रवक्ता राजेश श्रेष्ठले वनलाई आफ्नो सन्तानलाई जस्तै माया गरेर हुर्काएको हुदा आज यसको हैसियतमा बृद्दि भएको बताउदै अझै संरक्षणमुखी क्रियाकलाप सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

सो अधिवेशनमा सामुदायिक वन समन्वय समितिका अध्यक्ष अमर प्रधान ,महासचिव पदम शाक्य, दोधान माविका प्रअ सुर्य प्रसाद पौडेल, अमर सिह भण्डारी, मोतिराम लम्साल, भिमिसरा घर्ती, हरि प्रसाद पाण्डे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

अधिवेशनले लाल कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्व सम्मत चयन गरेको छ ।

जसमा उपाध्यक्ष पशुपति शर्मा, सचिवमा पुजा रजाली, सहसचिवमा अनन्तराज पाण्डे, कोषाध्यक्षमा विष्णु थापा, र सदस्यहरुमा शान्ति बि क, धनिसरा दर्लामी, लक्ष्मण पुलामी, मान बहादुर थापा रहेका छन् । अधिबेशनमा सबै ५६ घरलाई सफा पानी पिउनका लागि फिल्टर प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया