
सेतै कपडा लगाएका मानिसहरु आए पानी पिउदा पिउदै च्याप्प समाए एकान्तमा एक्लै बसाले टहरोमा । अपरिचित भए, थिए अध्यारोमा ।।
अनुचित काम बिनाको सजाय भोगाई भुल केही थिएन तर पाईन रिहाई सहि मार्गमा हिड्दा पनि के भयो ? भनि सोचिरहे । कोहि थिएनन चिनेका निराश्रीत भए ।।
असाध्यै लागेको थियो डर अनि भोक चर्को आवाज आयो शब्द थियो गोलि ठोकू चिच्याउन खोज्दै थिए आवाज निस्किएन । गोलि हाने जस्तो लाग्यो तर खै ? किन लाएन ।।
जिउबाट पसिना आयो खलखली उठ्न खोज्दै थिए यता उति चलिचली हात खुट्टा काम्दै थियो मन अति डरायो । उठ्न खोज्दा खोज्दै बाहिर चरी करायो ।।
घाम झुल्किन साथ बल्ल थाहा भयो बिपना होईन रहिछ सपनामा खै ? के भयो ? रातभरी सपनाकै क्वारेन्टाइनमा बसेछु । मस्त निद्रामा भाईरसको सपनामा फसेछु ।।
सुशिल बस्याल बगनासकाली ८ बराङ्दी