काठमाडाैं। मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३० रुपैयाँ घटेसँगै ५ हजार १६० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १९० रुपैयाँ थियो । गत मंगलबार चाँदी ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

